१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

भारतीय सेनाप्रमुख भदौमा नेपाल आउने

 मङ्लबार, साउन १७ २०७९  

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे एक महिनापछि नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय सेनापति पाण्डे भदौ २० देखि २२ गतेसम्म काठमाडौं आउनेगरी भ्रमण तयारी भइरहेको छ ।

पाण्डे अहिले भुटान भ्रमणमा छन् । ’ रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानसेनापति प्रभुराम शर्माको निम्तोमा उनी नेपाल आउन लागेका हुन् ।

भारतीय प्रधानसेनापति पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न यहाँ आउने भएका हुन् । नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ पदबाट विभूषित गर्ने बताइएको छ ।

नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई ‘मानार्थ महारथी’ को सम्मान दिने अभ्यास छ । नेपालका प्रधानसेनापति गतवर्ष कात्तिकमा तत्कालीन भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको निम्तामा भारत भ्रमणमा गएका थिए । उनलाई भारतीय सेनाको ‘मानार्थ महारथी’ बाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया सबै