१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

 बुधबार, साउन १८ २०७९  

 

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको जनाएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।

महासंघले हिजो मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको जानकारी दिएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो मंगलबार यसको कारोबार मूल्य प्रतितोला १२ सय २० रुपैयाँ थियो ।

प्रतिक्रिया सबै