zoom download free for pc zoom pcm files how do i download a shared zoom recording zoom cloud meetings free download how long covid pcr test results zoom meeting software free download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

तरकारीको बोरामा लुकाएर लागूऔषध कारोबार गर्ने ३ जना पक्राउ

 बुधबार, साउन १८ २०७९  

काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार हुने गरेको खुलेको छ ।

तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित लागू औषध डाइलेक्स डीसीसहित ३ जनालाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षका सन्तोष भन्ने विपिन कुशवाह, प्रदेश २ –०३–००१ च २५०९ नम्बरको गाडी चालक रौतहटको गरुडा नगरपालिका–९ का २५ वर्षका सुभाष राय यादव र गरुडा नगरपालिका–८ का १९ वर्षका मोहम्मद असफाक आलम रहेका छन् ।

उनीहरुलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकास राज खनालले जानकारी दिए ।

 

प्रतिक्रिया सबै