८ आश्विन २०८०, सोमबार Monday 25 September, 2023

हिमालयन बैंकको नाफा २ अर्ब ४८ करोड

 बुधबार, साउन १८ २०७९  

काठमाडौं । सिभिल बैंकसँग मर्जरमा जान लागेको हिमालयन बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४८ करोड नाफा गरेको छ ।

बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २३ प्रतिशत नाफा वृद्धि गरेको हो ।

बैंकले १ खर्ब ६८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । त्यसमा ब्याज आम्दानी ५ अर्ब १२ करोड रुपैयाँ भएको देखिएको छ ।

त्यस्तै बैंकको ३ अर्ब ५४ करोड रुपैयाँ संचालन नाफा कमाएको देखिएको छ । आफ्नो नाफामध्ये वितरणयोग्य नाफा भने २ अर्ब ६६ करोड रुपैयाँ देखिएको छ ।

बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १४ पैसा, बैंकको खराब कर्जा अनुपात ० दशमलव ७७ प्रतिशत देखिएको हो ।

प्रतिक्रिया सबै