११ आश्विन २०८०, बिहीबार Thursday 28 September, 2023

एकै दिन थप ९१५ जनामा कोरोना संक्रमण

 बुधबार, साउन १८ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोना संक्रमणका कारण २ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जसमध्‍ये ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमणमुक्त भएका छन् ।

५ हजार २७५ जना होम आइसोलेसनमा रहेका छन् भने १५८ जना संस्थागत आइसोलेसन र ४३ जना आईसीयूमा रहेको स्वास्थय मन्त्रालयले जनाएको छ ।

यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ ।

प्रतिक्रिया सबै