zoom app download free windows 10 uk zoom cloud meeting download for pc windows 10 64 bit zoom centre download download zoom on windows 10 zoom cloud meeting app windows 10 zoom meeting download for laptop zoom 4.4 download zoom free app download for pc
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

आज मन्त्रिपरिषद् बैठक, निर्वाचनको मितिबारे छलफल हुने

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

सरकारले आजै संघीय तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । बुधबार बसेको सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते आम निर्वाचन गर्ने सहमति गरेको थियो । यसअघि निर्वाचन अयोगले २ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिएको थियो ।

आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सत्ता गठबन्धनको सहमति छ । बुधबारको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धन दलका शीर्ष नेता सहभागी थिए ।

प्रधानमन्त्री देउवाले पनि निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन् ।

प्रतिक्रिया सबै