चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ
बिहिबार, साउन १९ २०७९

काठमाडौं । काठमाडौंको लैनचौरबाट १ जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । बुधबार राति चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ नेपाली पक्राउ परेका हुन् ।
अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
साथ ३ जना चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले दाबी गरेको छ । अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती समेत माग गरिएको प्रहरीले जनाएको छ ।
पछि ५० लाख रुपैयाँमा अपहरण मुक्त गर्ने सहमति भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अपहरणमा संलग्न भएका अन्य केही व्यक्ति फरार रहेका बताइएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।
प्रतिक्रिया
सबै