download zoom para windows zoom .com download zoom meeting free download for windows 8 64 bit instructions for joining zoom meeting download zoom app for meetings why is my second monitor zoomed in windows 10 zoom app 2021 download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

चीनद्वारा ताइवान नजिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।

दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

चिनियाँ गतिविधिको नजिकबाट नियालिरहेको ताइवानले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरुले युद्ध नचाहेको जनाएको हो ।

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ ।

प्रतिक्रिया सबै