download zoom account zoom 5.3.1 download why is my zoom meeting not showing up - why is my zoom meeting not showing up zoom conference room download zoom download softonic windows 10 zoom download do i have to download something to use zoom
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

अमेरिकालाई साम्राज्यवादी गतिविधि रोक्न विप्लवको आग्रह

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकालाई द्धन्द्ध र अशान्ति गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गरेका छन् । विप्लव नेतृत्वको अन्तराष्ट्रिय विभागद्वारा जारी विज्ञप्तिमा अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले चीनको अनुमतिबिना ताइवान भ्रमण गरेर द्धन्द्ध निम्याउन खोजेको उल्लेख छ ।

विप्लवले विश्वका सबै देशहरुले ताइवानलाई चीनको भू—भाग मानिरहेको सन्दर्भमा एक चीन नीति विपरित पेलोसीले भ्रमण गरेको बताएका छन् । ‘यो भ्रमणले चीन र ताइवानबीच थप द्धन्द्ध मात्रै चुलिएको छैन । एक स्वाधीन राष्ट्रमाथि अमेरिकी साम्राज्यवादले आफ्नो पुरानो चरित्र फेरी नांगो रुपमा विश्व सामु देखाएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया सबै