आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया
बिहिबार, साउन १९ २०७९

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिनेछ ।
उनले संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्ने र तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्ने बताए । ‘सात वटा प्रदेशमा कुन कुन दलले भाग लिन्छन् र संघीय निर्वाचनमा कुन कुन दलले भाग लिन्छन् कुराको निधो भदौको पहिलो हप्ताभित्र गरिसक्छौँ’, उनले भने ।
निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।
प्रतिक्रिया
सबै