८ बैशाख २०८१, शनिबार Saturday 20 April, 2024

राजकीय पदमा समझदारी बनाउने गठबन्धनको तयारी

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । संघ र प्रदेशको निर्वाचन मिति तय भएसँगै सत्ता गठबन्धनले सीट बाँडफाँडको मोडालिटी बनाउने भएको छ ।

यसका लागि सत्ता गठबन्धनको बैठक भोलि (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बस्न लागेको हो ।

गठबन्धन एक नेताका अनुसार भागवण्डाको विषयमा शिर्ष नेताहरु आफ्नो धारणा राख्ने भएका छन् । त्यस बमोजिम नै सिटको टुंगो लाग्ने भएको छ । सीट बाँडफाँड गर्ने विषयमा शिर्ष नेताहरुले कार्यदल बनाएर मोडालिटी तयार गर्ने तयारी गरेका छन् ।

सीट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरिएको छ ।

 

प्रतिक्रिया सबै