राष्ट्र बैंकद्धारा २ बैंकलाई कारवाही
बिहिबार, साउन १९ २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा बैंकलाई कारवाही गरेको छ ।
चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात नपुर्याएको भन्दै राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकलाई कारवाही गरेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले करिब ६४ हजार र एनसिसी बैंकले करिब ५० हजार रूपैयाँ हर्जाना तिरेका हुन् ।
बैंकहरूले कुल निक्षेपको आधारमा करिब तीन प्रतिशत अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था छ । चालू आर्थिक वर्षबाट भने यो दर बढाएर चार प्रतिशत बनाइएको छ ।
प्रतिक्रिया
सबै