१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

सिके राउत उपेन्द्र यादवको क्षेत्रबाट चुनाव लड्ने

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव गत निर्वाचनमा विजयी भएका थिए । सोही क्षेत्रबाट जनमतका अध्यक्ष डा. राउतले चुनाव लड्ने घोषणा गरेका हुन् ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा गर्ने निर्णय गरिसकेको छ । चुनाव घोषणालगत्तै जनमत पार्टीको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

जनमत पार्टीका नेता बीपी साहले भने, ‘अध्यक्षजी कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने विषयमा हिजोसम्म छलफल भएको थिएन । आज उहाँले सप्तरी क्षेत्र नम्बर २ बाट लड्ने बताउनुभयो ।’

सप्तरीमा दुई पालिका हनुमाननगर र कंकालनी तथा बलान विहुल गाउँपालिका जनमत पार्टीले जितेको छ । तर, यी दुबै पालिका क्षेत्र नम्बर २ मा पर्दैन । हनुमाननगर र कंकालनी क्षेत्र नम्बर १ र बलान विहुल गाउपालिका क्षेत्र नम्बर ४ मा पर्छ ।

यता, जसपा अध्यक्ष यादव सोही क्षेत्रबाट पुनः चुनाव लड्ने सम्भावना कम छ । किनकि सप्तरी क्षेत्र नम्बर २ बाट दुई पटक लगातार अहिलेसम्म कुनै नेता जितेका छैन् । त्यहाँका मतदाता जहिल्यै नयाँ अनुहार खोज्छन् । त्यसैले अध्यक्ष यादवले क्षेत्र परिवर्तन गर्ने सम्भावना रहेको जसपाका स्थानीय नेताहरु बताउँछन् ।

प्रतिक्रिया सबै