धर्मेन्द्र बाँस्तोला र मोहन वैद्यबीच पार्टी एकता गर्ने निर्णय
शुक्रबार, साउन २० २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच एकता गर्ने निर्णय भएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहित भएको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।
यसैबीच दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन पार्टी एकता संयोजन समिति गठन गरेको जनाएको छ । वैद्य र बाँस्तोलाले संयुक्त रूपमा वक्तव्य जारी गर्दै एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
प्रतिक्रिया
सबै