१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

प्रचण्ड आज जापान जाँदै

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन् । शुक्रबार राती १०:३० मा प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन् ।
उनी साउन २५ मा स्वदेश फर्किनेछन् ।

प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ । जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन ।

प्रचण्डले यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए । भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका प्रचण्डले राजनीतिक भेटघाट गरेका थिए ।

प्रतिक्रिया सबै