४ बैशाख २०८१, मंगलवार Tuesday 16 April, 2024

कस्मेटिक्स कारखानाबाट नक्कली कस्मेटिक्स सामान बरामद

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-६ नयाँ बस्तीसर्बेश्‍वर मार्गस्थित दिपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रा.लि. नामको कारखानाबाट नक्कली कस्मेटिक्स सामानहरु बिहीबार बरामद गरिएको छ ।

कारखानामा नक्कली कस्मेटिक्स सामानहरु उत्पादन गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागबाट संयुक्त रुपमा खटिएको टोलीले बिभिन्न कम्पनीका सौन्दर्य प्रसाधनका सामग्रीहरू स्याम्पु हेयर, ट्रिटमेन्ट क्रिम, हेयर ओयललगायत नक्कली रूपमा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, तयारी अवस्थाको नक्कली सामानसहित फेला पारी बरामद गरेको हो ।

प्रहरीका अनुसार कारखानाबाट तयारी अवस्थामा रहेका समानहरु Dexe लेखिएको ब्याक हेयर स्याम्पु ७३ कार्टुन, Grandeur Hydrating Keratin लेखिएको १ सय ९० कार्टुन, Allons Heircare लेखिएको ३ सय कार्टुन, Head & Shampoo १ सय पिस, क्रिम बनाउने कच्चा पदार्थ भएको सेतो ५० लिटरको ड्रम १ सय ६० थान, कच्चा पदार्थ भएको २५ केजीको बोरा २० थान, मिक्सर मेसिन ४ थान, टेपिङ्ग मेसिन १ थान, फिलिङ्ग मेसिन २ थान, प्याकिङ्ग मेसिन थान, लेवलिङ्ग मेसिन १ थान, फिल इन मेसिन २ थान, मिति छाप्ने मेसिन १ थान बरामद गरिएको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागद्वारा थप अनुसन्धानका लागि कारखाना सिल गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया सबै