downoad zoom app join zoom meeting download download zoom.us zoom installation failed error 1005 download zoom instructions zoom cloud meetings vs zoom app
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

निर्वाचनमा तालमेल गर्ने सहमति, सीट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय समिति बनाएको छ । आगामी निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने समझदारी भएको हो ।

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललका अनुसार निर्वाचनमा सीट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन भएको छ । समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट ११ सदस्य राखिएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले समितिमा रहने नेताहरुको नाम टुंगो लगाएको भएको हो ।

जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् ।

नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन् ।

राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् । उनीहरुले भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिनेछन् ।

 

प्रतिक्रिया सबै