zoom connection issues on pc - zoom connection issues on pc zoom recorder software download download zoom uf zoom grid view download zoom latest version download zoom login online uk
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

माओवादी नेता रञ्जित तामाङद्वारा केपी ओलीसँग चुनाव लड्ने घोषणा

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी अध्यक्ष रञ्जित तामाङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने घोषणा गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट ओलीविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रने उनले घोषणा गरेका हुन् । सरकारले मंसिर ४ गते चुनावको मिति घोषणा गरेपछि तामाङले ओलीसँग चुनाव लड्ने सार्वजनिक गरेका हुन् ।

पाँच दलीय गठबन्धनमा सहभागी माओवादी नेता तामाङले टिकट पाए चुनाव लड्ने बताएका छन् । ‘हामी पाँच दलीय गठबन्धनमा छौ । गठबन्धनमा समझदारी बनाएर चुनावमा होमिनु छ । गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ माओवादी भागमा परेमा म केपी कमरेड विरुद्ध उठ्छु । चुनाव जितेरै देखाउँछु’, उनले भनेका छन् । गठबन्धनबाट आफूले टिकट पाउँने भएकाले ओली संगै चुनाव लडिने उनले बताएका छन् ।

२०७४ सालको चुनावमा ओलीले ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका थिए । ओलीका प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । ओलीले माओवादी र राप्रपासँग गठबन्धन गरेर चुनाव जितेका थिए । काँग्रेसका अधिकारी एकल रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला कुल १ लाख ३७ हजार ५१४ मत रहेकोमा ९३ हजार ४८ मत खसेको थियो ।

प्रतिक्रिया सबै