zoom for laptop free download download zoom in computer login to zoom meeting with meeting id zoom 5.4.6 download join zoom meeting for pc
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन घोषणा, कोचमा राजेशपायल र प्रविशाको प्रवेश

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । हिमालय टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको विहिबार औपचारिक घोषणा भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलनमार्फत यसबारे आयोजकले जानकारी दिएको हो । आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई जना नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् ।

राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् । प्रमोद खरेल र राजु लामाले कोचकै रुपमा निरन्तरता पाएका छन् । तीन सिजनसम्म कोच रहेका वरिष्ठ गायक दीप श्रेष्ठले यो सिजनमा विश्राम लिएका छन् ।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् ।

यसपटक विदेशमा बसोबास गर्ने नेपालीभाषीले पनि सहभागिता जनाएका छन् । भारत, थाइल्यान्ड, बर्मा, अस्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी प्रतिभाले पनि अडिसनमा भाग लिएको जनाइएको छ । हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले एक महिनामै प्रसारण हुने गरी कार्यक्रम निर्माण अगाडि बढ्ने बताए ।

ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताए । ‘यसपटक दुर्गम ठाउँका प्रतिभालाई प्राथमिकतामा राखेका छौं,’ पौडेलले भने ।

कोच प्रविशाले चौथो सिजनमा जोडिन पाउँदा उत्साहित भएको बताइन् । ‘अलिकति अनुभव र नर्भसनेस यसमा जोडिएको छ । चुनौती पनि उत्तिकै छ,’ उनले भनिन् । उनले द भ्वाइस अफ किड्स नेपालमा कोचको रुपमा काम गरिसकेकी छन् । कोच राजेशपायलले विदेश टुर र कार्यक्रमबीच समय व्यवस्थापन गरेर अघि बढ्ने बताए ।

चौथो सिजन हिमालय टीभीमा शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ । यसैबीच, पत्रकार सम्मेलनमा चौथो सिजनका मुख्य प्रायोजकसँग सम्झौतापनि भएको छ ।

प्रतिक्रिया सबै