download windows zoom zoom update download pc easy instructions for joining a zoom meeting zoom full installer 64 bit - zoom full installer 64 bit zoom download for pc 2021 zoom app download for pc - zoom app download for pc zoom latest update download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

धरानको कार्यापालिका बैठक एमालेद्वारा बहिष्कार

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । शुक्रबारका लागि बोलाइएको बैठकमा सहभागी भएर पनि एमालेबाट निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुले स्थगित गर्न माग गर्दै गैर जिम्मेबार तरिकाले बैठकबाट उठेर हिँडेका हुन् ।

एमालेले बैठक बहिष्कार गरेपछि दिउँसो १ बजे बसेको कार्यपालिका बैठक एजेण्डामा छलफल नै नगरी स्थगित भएको उपमेयर अईन्द्रविक्रम बेघाले जानकारी दिए ।

बैठकमा उपस्थित भएर पनि बहुमत रहेको एमालेका जनप्रतिनिधिहरुले कारण नै नदिइ उठेर हिँडेको उनको भनाई छ ।
बैठक सुरु गर्दा एमालेबाट छानिएका कार्यपालिका सदस्य र वडाअध्यक्षहरु सबै उपस्थित थिए । धरानमा नयाँ प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल पुगेका छन् ।

धरानका जनप्रतिनिधिहरुले सुरुमा उनीसँग परिचय गरेका थिए । त्यसपछि एमालेबाट निर्वाचित वडा नं. १५ का अध्यक्ष नरेश इवारमले बैठक स्थगित गर्न भने । तर एमालेको उक्त प्रस्तावपछि मेयर हर्क साम्पाङले कारण सोधेका थिए । मेयर साम्पाङले कारण खोज्दै गर्दा एमालेका जनप्रतिनिधिहरु बैठकबाट एकपछि अर्को उठ्दै हिँडेका हुन् ।

एमालेका जनप्रतिनिधिहरुले कारण नै नदिइ हिँडेपछि कार्यपालिका बैठक बहुमत नपुगी स्थगित भएको हो । एमालेले बहिष्कार गरे पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट निवार्चित वडाध्क्षहरु बसेका थिए । बैठकमा सहभागी अन्य दलका जनप्रतिनिधिले एमालेले बहिष्कार गर्नुपर्ने कारण नदिएको भन्दै आपत्ति समेत जनाए ।

बहुमत नपुगेर बैठक स्थगित हुनुअघि डुबेको भनिएको बराह सहकारीबारे पनि त्यहाँ कुरा उठेको थियो । जनप्रतिनिधिहरुले बराह संकट समाधान गर्नेभन्दा सामाजिक सद्भाव बिथोल्ने गरी सामाजिक सञ्जालमा जथाभावी टिप्पणी र आरोपप्रत्यारोप भइरहेको भन्दै यसमा सचेत हुन आग्रह गरेका थिए ।

यसअघि बराहपीडितहरुबारे विवादित टिप्पणी गरेपछि आलोचनामा परेका मेयर साम्पाङले यो छलफलमा आफू समाधानको खोजीमा रहेको बताए । पीडितहरुलाई न्याय दिलाउन आफू तयार रहेको बताउँदै सामाजिक सद्भाव जोगाउनेतर्फ सबै सचेत हुनुपर्ने उल्लेख उनले गरे ।

मेयर साम्पाङले एमालेको यो कदमले धरानको विकास नै प्रभावित हुने बताएका छन् । एमालेले बैठक बहिष्कार गर्नुको कारण अफुलाई थाहा नभएको बताए । ‘म मेयरको भूमिकाबाट समन्वय गर्न, वार्ता गर्न तयार छु । तर बैठक नै बहिष्कार गरेपछि धरानको विकास कसरी अघि बढ्छ ?’, उनले भने ।

साम्पाङले एमालेको यो कदम ठीक नभएको बताउँदै सबै दलसँग आफू वार्ताका लागि तयार रहेको पनि बताएका छन् । उनले अहिले सामाजिक सञ्जालमा आइरहेको विषय भए पनि आफ्ु कुरा गर्न तयार रहेको बताएका छन् । ‘कसैले पनि सामाजिक सद्भाव बिथोल्नु हुँदैन’, उनले भने ।

प्रतिक्रिया सबै