zoom for students download zoom pcf-8n zoom app login online zoom meeting app download for windows 8.1 download transcript zoom www..zoom.us/download windows 10 app zoom zoom media download
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

मेलिना राईले तोडिन् प्रेमीसँगको इन्गेजमेन्ट

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले बताएकी छन् ।

संगीतकर्मी प्रेमी बराइलीसँग केही महिनाअघि इन्गेजमेन्ट गरेकी मेलिनाले फेसबुकमा स्टाटस लेख्दै सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने स्पष्ट पारेकी छन् ।

‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो,’ उनले लेखेकी छन्— ‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन ।’

आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै उनले शुभचिन्तकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी पनि भएको जनाएकी छन् । भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने पनि उनले उल्लेख गरेकी छन् ।

गत वैशाख २ गते सञ्जीव र मेलिनाले आफूहरुले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेका थिए । एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट गरिसकेका थिए । उनीहरुले यसै वर्ष विवाह गर्ने योजना समेत बनाएका थिए ।

 

प्रतिक्रिया सबै