१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

चीनको एकतामा बाधा हुने गतिविधिको विरोध गर्छौं : प्रचण्ड

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको एकतामा बाधा हुने जुनसुकै गतिविधिको पार्टीले विरोध गर्ने बताएका छन् ।

शुक्रबार जापानतर्फको यात्रा निस्किनुअघि प्रचण्डले एकजना स्वकीय सचिव रमेश मल्लमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै
चीनको राष्ट्रिय एकताप्रति वाधा हुने कुनै पनि गतिविधिमा विरोध रहने पनि उल्लेख गरेका छन् । ‘चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छु, उनले भनेका छन्’, उनले भनेका छन् ।

दुई दिनअघि अमेरिकी सभामुख न्यान्सी पेलोसी चीनले दाबी गर्दै आएको ताइवान टापुमा पुगेपछि प्रचण्डले अमेरिकाको नाम नलिइ ताइवानमा भएको पछिल्लो घटनाक्रममा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् ।

‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ’, उनले स्वकीय सचिव मल्लमार्फत भनेका छन् ।

पेलोसीको ताइवान भ्रमणलाई लिएर यसअघि नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितले कडा शब्दमा भर्त्सना गर्दै विज्ञप्ति निकालेका थिए ।

प्रतिक्रिया सबै