download zoom cloud recording zoom support download zoom meeting download windows 10 pc - zoom meeting download windows 10 pc zoom join meeting with id and password zoom health download zoom meeting app for firefox
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

केपी पालुङ्वाद्वारा सुबास नेम्वाङसँग चुनाव भिड्ने घोषणा

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले इलाम क्षेत्र नं. २ मा २० वर्षदेखि पटक-पटक चुनाव जितेका सुवासचन्द्र नेम्वाङ जीर्ण भइसकेको भन्दै आफूले उम्मेद्वारी घोषणा गरेका छन् ।

बिहीबार इलाम सदरमुकाममा पत्रकार सम्मेलनमार्फत पालुङ्वाले धरानका मेयर हर्क साम्पाङको उदाहरण दिँदै पहिलो चुनावमा चार सय मत ल्याएका मेयर अहिले विजयी बनेको भन्दै आफ्नो पक्षमा मतदाता रहेको बताए । पालुङवाले अब जनताले चिनिसकेको र आफूलाई जिताउने भन्दै उम्मेद्वारी घोषणा गरेका हुन् ।

यस्तै उनले  प्रदेश १ को नाम पहिचानको आधारमा किरात लिम्बूवान खम्बूवान नामाकरण हुनुपर्ने बताए । अध्यक्ष पालुङ्वाले लिम्बूवान किरात हुँदा पनि आपत्ती नहुने जोड दिँदै पार्टीले धनकुटाको भेडेटारमा किरात लिम्बूवान खम्बूवानको माग राखेर मूख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र दिएको बताए ।

अहिले रहेका ७ वटा प्रदेश मध्ये ६ वटाको नामाकरण भए पनि पहिलेको विकास क्षेत्र जस्तै नामाकरण भएकोभन्दै चलिरहेको सभाबाट न्वारान गर्नेुपर्ने हो भने किँरात लिम्बूवान खम्बूवान राख्नु पर्ने बताए ।

अहिले भएका ७ वटा प्रदेश मध्ये मधेस प्रदेश बाहेक कुनै पनि प्रदेशको नाम पहिचानको आधारमा नरहेको उनले बताए । पालुङ्वाले पहिचानको आधारमा नाम राख्न सकिएन भने ठूला दल जनताको अगाडि नालायक ठहरिने उनको भनाई छ ।

 

प्रतिक्रिया सबै