नेता किराती श्रम गर्न धरान जाँदै
शुक्रबार, साउन २० २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले श्रमदान गर्न धरान जाने बताएका छन् । संघीय सासंदसमेत रहेका नेता किराँतीले श्रम गर्न धरान जाने बताएका हुन् ।
नेता किराँतीले शनिबार २१ गते श्रम गर्न धराउन जाने बताएका छन् । सासंद किरातिले भनेका छन्- ‘म पनि धरान श्रम गर्न आउँदैछु । श्रमले नै मातृभूमि सजाउँ, श्रम गर्ने संस्कृति स्थापित गरौं ।’
धरान उपमहानगरपालिकाका लोकप्रिय मेयर हर्क साम्पाङको नेतृत्वमा धरानमा अहिले सयौँको संख्यामा श्रमदान अभियान भइरहेको छ । नेता किरातले पनि धरानवासी महान जनसमुदायलाई शनिवार कामको मैदानमा नै भेटने बताएका छन् ।
‘भ्रष्टाचारको बिरुद्ध निर्मम बनौं, बिकासलाई युद्धको रुपमा घोषणा गरौं’, नेता किरातीले भनेका छन् ।
प्रतिक्रिया
सबै