zoom in transition premiere pro download zoom app for windows 11 zoom software download free zoom app droidcam zoom download zoom meeting download laptop zoom app directions
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

हर्क साम्पाङले हुर्काएको श्रम-संस्कृतिको दुश्मन एमाले : भुपाल राई

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । बरिष्ठ कवि तथा गीतकार भुपाल राईले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको विरोधी नेकपा एमाले रहेको आरोप लगाएका छन् ।

बरिष्ठ कवि राईले सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले हुर्काएको नैतिकता र मौलिक श्रम-संस्कृतिको दुश्मन एमाले नै रहेको उल्लेख गरेका हुन् ।

यस्तै उनले एमाले पार्टीलाई कथित र जत्थाको संज्ञा दिँदै एमालेले बोकेको घोर नश्लवाद र प्रतिगामी चरित्र बिना परिश्रम धराने जनताको अगाडि उदाङ्गो भएको पनि उल्लेख गरेका छन् । ‘कथित एमाले भन्ने हतास शक्ति हर्क साम्पाङले हुर्काएको नैतिकता र मौलिक श्रम-संस्कृतिको दुश्मन हो । यसले एकैचोटी दुइटा बाटो क्लियर गरेदिएको छ । पहिलो, एमाले भन्ने जत्थाले बोकेको घोर नश्लवाद र प्रतिगामी चरित्र बिना परिश्रम धराने जनताको अगाडि उदाङ्गो भएको छ’, उनले लेखेका छन् ।


यस्तो छ बरिष्ठ कवि राईले लेखेको स्टाटस

सन्दर्भ- हर्क साम्पाङ :
नबोली नहुने त्यस्तो कुनै ब्यक्ति/बिषय हो, लागेकै थिएन । तर, अब नबोली बसुँ त्यो सम्भव रहेन । यसका कारण दुई छन् ।

१. उनी आफ्नो पदावधिभर कति सफल/असफल हुन्छन् त्यो मेरो (धेरैको) चासोको बिषय हैन । यो तकनिकी बिषय भयो । तर, यतिखेर उनले देखाइरहेको जुन श्रम-संस्कृतीको झलक छ त्यसलाई सानो आँक्न मिल्दैन ।

पहिले-पहिले लाग्थ्यो, उनले तात्कालिक लोकपृयताको लागि नया जोँगिको भेषमा सस्तो नाटक मञ्चन गरिरहेछन् । जुन अरु पनि धेरैले गर्ने गर्छन् । तर, परख्दै जाँदा लाग्न थाल्यो त्यो उनको आजीविकासँगै जोडिएर आएको नैसर्गिक संस्कृती हो जुन यो देशको लागि दुर्लभ कुरा हो ।

कतिलाई लाग्दो हो, मेयर भैसकेपछी कुर्सिमै शोभायमान भैरहनु पर्छ । भरसक राष्ट्रीय पोसाक या नभए टाई सुटमा ठाँटिएर कार्यालय सहायकलाई तुजुक देखाउदै बस्नुपर्छ । टेबलमा नीति नियमका भारी फाइलहरुको चाङ लगाउनु पर्र्छ । यस्तो उनिहरुलाई लाग्न सक्छ । किनभने उनिहरुले आजसम्म यहि देखेर आएका छन् ।

त्यसैले कतिले उनलाई कुल्लिसम्म भन्न भ्याइसकेका छन् । यो आजसम्म उनिहरुले देखिआएको त्यही पुरानो दृश्य-ग्रन्थिको उपज हो । त्यही सामन्ती सोचको अवचैतनिक अभिब्यक्ती हो ।
उनिहरु सोच्दैनन् कि सारा निती निर्माणको स्रोत श्रम हो, समाज हो ।

तकनिकी बिषय त समाजभित्र श्रम गर्दा गर्दै पनि तय गर्न सकिन्छ । त्यसैले श्रमको त्यो दुर्लभ संस्कृती उनिभित्र अक्षुण रहिरह्यो भने र उनिप्रति निर्माण भएको यो धारणा पछि गएर गलत ठहरिएन भने भन्न सकिन्छ । अरु बाँकी सारा असफलताहरु त्यसको अगाडि गौण बन्नेछन् । यसकारण कि श्रम-संस्कृति र त्यसबाट निस्रीत सौन्दर्य नै हामिले परिकल्पना गरेको समाजवादको पहिलो आधार सर्त हो ।

२. हर्क साम्पाङ मुर्दावाद ! को नारा जुन आकस्मिक शृजना भयो र जो तपाईं त्यस्तो सोच्नुहुन्छ । तर, त्यो आकस्मिक हैन पहिले नै तय भैसकेको बिषय थियो । कहिँ न कहिँबाट यस्तो हुनेवाला नै थियो । तर, यतिखेर जुन कित्ताबाट यस्तो हुन गयो त्यो अपेक्षाकृत सुखद कुरा हो । किनभने यसले पुष्टि गर्यो कि कथित एमाले भन्ने हतास शक्ति हर्क साम्पाङले हुर्काएको नैतिकता र मौलिक श्रम- संस्कृतिको दुश्मन हो ।

यसले एकैचोटी दुइटा बाटो क्लियर गरेदिएको छ । पहिलो, एमाले भन्ने जत्थाले बोकेको घोर नश्लवाद र प्रतिगामी चरित्र बिना परिश्रम धराने जनताको अगाडि उदाङ्गो भएको छ । अब त्यहाँका मानिसहरुले सोचुन् कि चरम नश्लवादि र प्रतिगामी दलदललाई साफ गर्ने समय यहि हो । अर्को, हर्क साम्पाङ जो आफुले आफैलाई स्वतन्त्र उम्मेदवार ठहर गरिहिड्थे अब स्थिती त्यस्तो रहेन ।

अथवा अब उनिभित्र त्यस्तो निरपेक्षता वा कुनै मनचिन्ते स्वतन्त्र ब्यक्तीको अवशेष बाँकि रहेन । किनभने यसै घटनादेखि उनको जनता/सापेक्षित पक्षधरता एक्कासी खुल्न पुगेको छ । उनले पनि अब सोचुन् कि जन(सापेक्षित पक्षधरता खुलेको ब्यक्ती दलबिहिन हुन सक्छ, स्वतन्त्र हुदैन । कामना गरौँ, श्रम-संस्कृतिको सुन्दर गुण उनिभित्र सदा कायम रहोस् ।

 

यो पनि पढ्नुहोस्

मलाई पनि ‘हर्क साम्पाङ’ बन्ने रहर छ !

हर्क साम्पाङ भन्छन्- चुप लाग्दा मलाई प्रहार गरे, हेरौँ कसले जित्छ !

ठूल-ठूला गफ होईन, साना-साना काम गरौँ : हर्क साम्पाङ

प्रतिक्रिया सबै