zoom app download free for windows 11 zoom download laptop windows 10 download zoom meeting for windows 10 64 bit - download zoom meeting for windows 10 64 bit zoom free download for laptop windows 10 zoom grid view download zoom meeting zoom meeting join zoom app url zoom version download
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

हर्क साम्पाङको प्रशंसा गर्दै सांसद किरातीले भने : धरानबाट शुरु श्रम-संस्कृतिको अनुसरण गरौं

 शनिबार, साउन २१ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले श्रम सँस्कृति धरानबाट शुरु भएको भन्दै सबैले अनुसरण गर्नुपर्ने बताएका छन् ।

धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा ऐक्यबद्धताका लागि सांसद किरातीले शनिबार धरानको सरदु जलाधारक्षेत्रमा भएको वृक्षारोपणमा भौतिक सहभागिता जनाएका हुन् ।

शनिबार विहानै जलाधार क्षेत्रमा पुगेर किरातीले वृक्षारोपण गरेका छन् । ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकाले देखाएको श्रम अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दछु’, सांसद किरातीले भने , ‘पहिले यस्तो श्रम माओवादीहरुले गर्ने गर्थे, तर अहिले अरुको संगतले बिग्रियौँ ।’

राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न पनि आग्रह पनि उनले गरे ।

सांसद किरातीले भने- ‘आज विश्व मानव समुदायमा गम्भीर खाद्य संकट देखा पर्दैछ । उत्पादनमार्फत आत्मनिर्भर बन्न सकेनौं भने आजको विश्वमा बाँच्न गाह्रो हुनेछ ।’

आयातमा निर्भर हुनुपर्दा र उत्पादनमा जोड नदिँदा समुदायसमक्ष संकट देखा पर्दै गएको किरातीको भनाई छ । बिग्रिएका राजनीतिक कार्यकर्ताहरुतर्फ इंगित गर्दै उनले भने, ‘एकथरि मान्छेहरुले भन्ने गर्थे कि जनताहरु बिग्रिएर उपभोक्ता समितिमार्फत भ्रष्टाचार गर्छन् । तर, धरानका महान नागरिकहरुले पुष्टि गरे कि नागरिक होइन, हामी राजनीतिक कार्यकर्ताचाहिँ बिग्रिएका हौं ।’

प्रचण्डलाई हर्क साम्पाङको निम्तो
आफ्नो अभियानमा सहभागी हुन आइपुगेकोमा मेयर हर्क साम्पाङले खुसी व्यक्त गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई आफ्नो अभियानमा सरिक हुन निम्तोसमेत पठाएका छन् । ‘सांसदज्यू त आइदिनुभयो। अब प्रचण्डलाई पनि निम्तो भनिदिनुपर्‍यो’ मेयर साम्पाङले सांसद किरातीलाई भने ।

सो क्रममा किरातीले मेयर हर्क साम्पाङलाई श्रम अभियानलाई नरोक्न तथा निरन्तरता दिन, राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन र हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले साम्पाङलाई सुझाव दिएका छन् ।

सुदन किराती श्रमदानका लागि आएकोमा खुसी व्यक्त गर्दै मेयर साम्पाङले भनेका छन्– ‘धरानको माटो छुन आउनु भएकोमा माननीय सुदन किराती ज्यूलाई धन्यवाद !’

प्रतिक्रिया सबै