७ बैशाख २०८१, शुक्रबार Friday 19 April, 2024

प्रिमियर लिग : युनाईटेड पहिलो खेलमै पराजित

 आइतवार, साउन २२ २०७९  

काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै हार व्यहोरेको छ । ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटनसँग पराजित भएको हो । नयाँ सिजनको पहिलो खेलमा नै युनाइटेड २–१ गोल अन्तरले पराजित भयो ।

ब्राइटनलाई जित दिलाउन पास्कल ग्रोसले दुबै गोल गरे । ब्राइटनका एलेक्सिस एलिस्टरले आत्मघाती गोल गरे ।

यससँगै युनाईटेडले हारबाट सिजनको सुरुआत गरेको छ । ब्राइटनले भने ३ अंक जोड्दै सिजनको सुखद सुरुआत गरेको छ ।

प्रतिक्रिया सबै