१० फाल्गुन २०८०, बिहीबार Thursday 22 February, 2024

सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न कार्यदलको बैठक बस्दै

 सोमवार, साउन २३ २०७९  

काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ ।

सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक बस्न लागेको हो । सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

गठबन्धनले यसअघि सिट संख्या बाँडफाँट मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई/दुई जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्।

नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् भने नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् । जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

प्रतिक्रिया सबै