देउवाले कांग्रेसका शीर्ष नेतालाई बोलाए बैठक
सोमवार, साउन २३ २०७९

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका छन् । अहिले केही बेरमा छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार देउवाले आसन्न निर्वाचनमा कांग्रेसको सिट संख्याका विषयमा छलफल गर्न बोलाएका हुन् । पार्टीभित्र आन्तरिक छलफल गरेर सोहीअनुसार अरू बैठकमा प्रस्तुत हुने देउवाको तयारी छ ।
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूबीच आउँदो निर्वाचनमा पनि तालमेल गर्ने सहमति भइसकेको छ । उनीहरूले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ ।
प्रतिक्रिया
सबै