१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

 सोमवार, साउन २३ २०७९  
सांकेतिक तस्बिर

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–२, पिप्राही चोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब ७ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ८१६७ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भुनाथ नगरपालिका–३ का २५ वर्षीय बिकी चौधरीको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

६१९६ नम्बरको मोटरसाइकलका चालकलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया सबै