zoom download for pc 2019 download zoom desktop windows zoom download japan download registration list zoom download zoom cloud meeting for windows 10 zoom app for windows free zoom app for windows 8.1 free download zoom classroom download for pc
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीद्धारा गोली प्रहार

 सोमवार, साउन २३ २०७९  

काठमाडौं । ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ । बीबीसीका अनुसार ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको छ ।

गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ । ड्युटीमा नरहेका एक जना प्रहरी अधिकृतले उनीमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

लो जियु-जित्सु एथलिट च्याम्पियनसिपको हालसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् । जियु-जित्सु ब्राजिलको एक मार्सल आर्ट र कोम्ब्याट स्पोर्ट हो । यो ग्राउण्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ । उनको हत्याको कोसिस गरिएको घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया सबै