how do i update my zoom app on my computer download zoom rooms for windows 10 download client zoom zoom messenger free download download recordings from zoom zoom app for students download free zoom cloud meeting app for pc - download free zoom cloud meeting app for pc
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

प्रत्युषा बोहराले जितिन् मिस नेपाल उत्तर अमेरिकाको उपाधि

 सोमवार, साउन २३ २०७९  

काठमाडौं । मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित भएका छन् ।

नेपाली समयानुसार गएराति न्युयोर्कमा भएको फिनालेमा अमेरिकाको १४ राज्यमा बसोबास गर्ने सुन्दरीले भाग लिएका थिए । यसपटक पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ कोरियोग्राफर थिइन् ।

अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सञ्जोग कोइराला, नीति शाह, जोली अमात्य, राजु श्रेष्ठ, तेन्जिङ पाल्देन र उज्वल सिंह निर्णायक थिए । फिनालेमा मिस नेपाल प्रियंकारानी जोशी र हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री पनि उपस्थित थिए ।

मिस नेपालको सबै मापदण्ड पूरा भए मिस नेपाल नर्थ अमेरिकाकी विजेता प्रत्युषाले सिधै मिस नेपालको अन्तिम प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन् । उनी मापदण्डअनुसार योग्य छिन् वा छैनन् भन्नेबारे हिडन ट्रेजरले जानकारी गराउने भएको छ ।

यसैवर्ष हिडन ट्रेजर र मिस नेपाल उत्तर अमेरिकाबीच भएको सम्झौताअनुसार मिस नेपाल उत्तर अमेरिकाको विजेताले मापदण्डमा योग्य भएपछि मिस नेपालमा भाग लिन पाउने भएका हुन् ।

प्रतिक्रिया सबै