१० जेष्ठ २०८१, बिहीबार Thursday 23 May, 2024

पूर्वमन्त्री झाँक्रीको आक्रोस- मन्त्रालय छाडेपछि मेरो निर्णय उल्ट्याउन थालियो

 सोमवार, साउन २३ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव तथा पूर्वमन्त्री रामकुमारी झांक्रीले मन्त्रालय छाडेसंगै आफ्ना निर्णय उल्टन लागेको बताएकी छन् ।

गत १६ असारमा सिंहदरबाट मन्त्रालय छाडेकी उनले सहरी विकास मन्त्रालय छाडेपनि मन्त्रालयसँग सम्बन्धित चासो राखेकी छन् ।

सोमबार बिहानै राजधानीमा केही पत्रकारहरु भेला गरेर झांक्रीले सहरी विकास मन्त्रालयबारे गहन रिपोर्टिङ गर्न निर्देशन दिँदै आफ्ना ‘रिफर्म’का काम उल्टाउन सुरु गरेको बताएकी हुन् ।

सहरी विकास मन्त्रालय मेटमणी चौधरीले सम्हालेसंगै रामकुमारी झांक्रीका निर्णय उल्टाउन थालेका उनको भनाई छ । मन्त्री चौधरीले विकासनिर्माणका काम उपभोक्ता समितिमार्फत गर्न नपाउने निर्णय गरेकी थिइन् ।

‘उपभोक्ता समिति मार्फत काम गर्न नपाइने निर्णय गराउन कस्तो गाह्रो थियो । अर्थमन्त्रालयको नेतृत्वलाई सहमत गराएर निर्णय गरिएको थियो’ झांक्रीले भनिन् । सहरी विकास मन्त्रालयमा एकिकृत समाजवादीले नै नेतृत्व गरेपनि आफ्नै पार्टीका निर्णय उल्टाउन थालेको हो । पत्रकारहरुसंगको कार्यक्रममा भनिन्— ‘मैले मन्त्रालयको नेतृत्व लिनेसम्मको जिम्मा म लिन्छु त्यसपछि अरुको जिम्मा लिन सक्दिन ।’

झांक्रीले आफ्नो नेतृत्वमा सहरी नीति, युटिलिटी करिडोर, सिंहदरबारको मास्टरप्लान लगायत ठुला नीतिगत कुरा अघि बढाएको बताइन् । ९९ प्रतिशत काम सकेरपनि प्रमाणीकरण गर्न नपाएको झाँक्रीको भनाई छ ।

त्यस्तै एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटमा निर्वाचन लड्ने तयारीको लागि मन्त्रालयका योजना विनाको कार्यक्रम सिलन्यास गरेकोमा पनि झाँक्रीले असन्तुष्टी जनाएकी छन् ।

‘आफुले बसाएको थिती कसैले चुनाव जित्नका लागि उल्टाउँछ भने चित्त दुख्छ । दुःख गरेर बसाएको थिती बिगार्दा देशलाई फाइदा पुग्दैन,’ उनले भन्नि । टाउन हल, विवाहको भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडक लगायत करिब ४२ करोडका आयोजना शिलान्यास गरेका थिउ ।

प्रतिक्रिया सबै