११ बैशाख २०८१, मंगलवार Tuesday 23 April, 2024

कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

 सोमवार, साउन २३ २०७९  

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । नेपाली कांग्रेसले यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने जनाएको छ ।

बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ ।

यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण दिइसकेका छन् ।

प्रतिक्रिया सबै