एकैदिन ९३४ जनामा कोरोना संक्रमण, थप १ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।
२ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् । यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।
यस्तै १० वर्ष मुनिका १० जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ४३ जनामा कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।