zoom app data usage per hour do u have to download zoom zoom oauth app example zoom app free download windows 10 change language zoom app
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् : ओली

 सोमवार, साउन २३ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले रौतहटबाट चुनाव जितेको तर, जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् ।

रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन् ।’

प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको उनले बताए । ‘म प्रधानमन्त्री हुँदा तराइका मेचीदेखि महाकालीसम्मकै जिल्लामा विकासका काम गरेँ । हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन्’, उनले भने । तराइ मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने पनि उनको भनाई छ ।

 

प्रतिक्रिया सबै