४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौँ। अमेरिकी डलरको भाउ आज सामान्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ सोमबारभन्दा एक रुपैयाँले बढेको हो।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा छ। यसअघि लगातार तीनदिनसम्म अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा थियो।

आज युरोको रेट पनि बढेको छ । हिजो १२९ रुपैयाँ ४० पैसा रहेको युरो एकको खरिद दर आज १२९ रुपैयाँ ५९ पैसा रहेको छ। आज बिक्री दर १३० रुपैयाँ २० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८३ पैसा र बिक्री दर १५४ रुपैयाँ ५६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै