install zoom for all user profiles adjust monitor size windows 10 getting the zoom app join zoom meeting with id & password manager zoom download pour pc why rt pcr test takes time - why rt pcr test takes time zoom 5.0 version download join zoom meeting by app download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । मंगलबार विहान धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले १३ साउनदेखि आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त आईपीओमा १४ लाख १३ हजार ५ सय ७२ आवेदकबाट १ करोड ५४ लाख ९५ हजार ७९० कित्ताको लागि आवेदन प्राप्त भएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापीटलले जनाएको छ । जसमध्ये ८७३ जना आवेदकले दोहोरो आवेदन गरेको र सोबाट प्राप्त १० हजार १४० कित्ता रितपूर्वक नदेखिएको रद्ध गरिएको जनाएको छ । त्यस्तै आयोजना प्रभावित क्षेत्रका २३१ स्थानीयले २ हजार ६९० कित्ताको लागि पुन आवेदन दिँदा उक्त आवेदन रद्ध गरीएको जनाएको छ ।

१४ लाख १२ हजार ४६८ जनाबाट १ करोड ५४ लाख ८२ हजार ९६० कित्ताको लागि रितपुर्व आवेदन प्राप्त भएको जनाएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावलीअनुसार सम्पुर्ण रितपूर्वक आवेदन दिने आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न अपुग हुँदा गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको जनाएको छ ।

यसरी बाँडफाँट गर्दा ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँड गर्दा बाँकी रहेको ६ कित्तामध्ये ६ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।

प्रतिक्रिया सबै