प्रधान सेनापतिद्धारा दर्ज्यानी चिन्ह प्रदान
मङ्लबार, साउन २४ २०७९

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागर बहादुर थापा र मानार्थ उपरथी निरज पौडेललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को श्रावण १९ गतेको निर्णय अनुसार उनीहरुलाई सोमबार जंगी अड्डामा एक कार्यक्रमबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नती भएका उपरथी सागर बहादुर थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् । सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका ३ (तीन) जना महा सेनानीहरु र महा सेनानी दर्जामा पदोन्नती भएका ५ (पाँच) जना प्रमुख सेनानीहरुलाई पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
प्रतिक्रिया
सबै