९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

‘नागरिकतामा कुकुर, कुकुर्नी लेख्ने अधिकृतलाई निलम्बन गरियोस्’

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सांसद निरुदेवी जैरुले दलित समुदायको नागरिकतामा नाम बिगार्ने सरकारी अधिकृतलाई कारबाही गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद जैरुले संविधानमा दलितहरूलाई अग्रस्थानमा राख्ने लेखिएकाले राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी हुन् । सभामुखसँग ‘रुलिङ’ गर्न माग पनि उनले गरिन् ।

‘६० लाख दलितको भोटले निर्वाचित हुने हामी सांसदहरूलाई लज्जित भएको छ । नागरिकतामा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस्,’ उनले भनिन् ।

प्रतिक्रिया सबै