काम गर्न छाडेर नासुहरु आन्दोलनमा

काठमाडौं । सिंहदरबार भित्रका नायब सुब्बा (नासु)हरू सरकारले बजेट छलेर मनोमानी तलब हेरफेर गरेको भन्दै सोमबार पेन डाउन गरेका थिए । मंगलबार भने उनीहरु कार्यालयमै अनुपस्थित भए । कार्यालय आएका केही नासुहरू पनि आन्दोलन भन्दै कार्यक्षेत्रमा गएका छैनन् ।
बजेटमा सबै कर्मचारीको १५ प्रतिशत तलब बढाइए पनि फेरि अधिकृत, उपसचिव, सहसचिव र सचिवहरूको तलब १८ देखि २४ प्रतिशतसम्म बढाएपनि नायब सुब्बा र खरिददारहरूको १५ प्रतिशत नै कायम गरिएकोमा उनीहरुले विरोध गरेका हुन् ।
नासु तहका कर्मचारीहरुले ठुला तहका कर्मचारीकोमात्रै तलव बढाएको भनेर असन्तुष्टि पोखेपछि अर्थमन्त्रीले पछिल्लो निर्णय कार्यान्वयन नहुने मौखिक आश्वासन दिएपनि उनीहरुले आन्दोलन गरिरहेका छन् ।
राजस्व सचिव कृष्णहरि पुष्करले तलब वृद्धिको विषयमा परिपत्र जारी नगरिएका कारणले गर्दा सहजै निर्णय फिर्ता गर्न सकिने उनीहरुले बताएका छन् ।