zoom software download for windows why won't zoom work on my hp laptop - why won't zoom work on my hp laptop zoom meeting free download for windows 10 64 bit download zoom free for laptop zoominfo extension app zoom installer.exe free download
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

अमेरिकी सांसद जेनिफरले गरिन् मिस नेपाल प्रियंकालाई सम्मान

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । अमेरिकी सांसद जेनिफर राजकुमारले मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा सम्मान गरेकी छन् ।

नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् ।

न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसयिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्‍याउन भूमिका खेलेको समेत बताएकी छन् ।

महिलाका लागि आदर्श व्यक्ति बनेको भन्दै जेनिफरले प्रियंकाको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको भन्दै प्रशंसा समेत व्यक्त गरेकी छन् । जेनिफरको निर्वाचन क्षेत्रअन्तर्गत न्युयोर्कको ३८ नम्बर डिस्ट्रिकमा नेपालीहरुको सघन बसोबास छ ।

जेनिफरले नेपाली समुदायको क्षेत्रमा समेत कार्य गर्दै आएकी छन् । मिस नेपाल प्रियंका गत साता न्युयोर्क पुगेकी थिइन् । मिस वर्ल्डअन्तर्गत ब्युटी विथ पर्पसको लागि बिजुली परियोजना बनाउन लगानी जुटाउने र मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग लिन उनी त्यता लागेकी हुन् । प्रियंका दुई साता अमेरिकामा रहने कार्यक्रम छ ।

प्रतिक्रिया सबै