zoom login free download - zoom login free download zoom call recording app latest zoom app free download - latest zoom app free download free download aplikasi zoom cloud meeting untuk laptop joining a zoom meeting online - joining a zoom meeting online zoom app install for pc
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ मा मिरुना मगर अनुबन्धित

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री मिरुना मगरपनि जोडिएकी छन् । निर्देशक गुरुङका अनुसार फिल्ममा केमियो भूमिकामा उनी प्रस्तुत हुनेछिन् ।

‘कबड्डी ४’को मुख्य भूमिकामा अभिनय गरेकी मिरुना त्यसपछि फुर्वा तामाङ प्रकरणमा मुछिएकी थिइन् । यो फिल्मपछि रामबाबु र मिरुनाबीच पुन: सहकार्य हुन लागेको हो ।

फिल्ममा मिरुनाको केमियो भूमिका हुने पुष्टि गरे पनि उनको रोल के हो भन्नेबारे निर्देशकले खुलाएनन् । यशोधा फिल्म्सले निर्माण गर्न लागेको फिल्मको शीर्षक पनि ‘फूलबारी’ नै निश्चित भएको छ । यसअघि वर्किङ टाइटल पनि यही नै थियो ।

फिल्ममा अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की र प्रियंका कार्की यसअघि नै फाइनल छन् । रामबाबुले होम प्रोडक्सनभन्दा बाहिर रहेर फिल्म निर्देशन गर्न लागेका हुन् । मिरुना यतिबेला लण्डनमा छिन् । ‘फूलबारी’को छायांकनको लागि उनी चाँडै नेपाल फर्कने तयारीमा छिन् ।

प्रतिक्रिया सबै