zoom teleconference app zoom requirements pc zoominfo stock price today zoom in download byui download zoom zoom app for students download zoom download it admin
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

एमालेको प्रश्न : प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर किन भएन ?

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदप्रति सरकार र सत्तापक्ष नै जवाफदेही नरहेको बताएका छन् ।

‘प्रदेश र प्रतिनिधिसभामा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्नुपर्ने सम्बन्धी ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा बोल्दै एमाले सांसद अधिकारीले यस्तो बताएका हुन् ।

‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि संसदमा यो कार्यक्रम (प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर )भयो ?’ मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले प्रश्न गरे ।

प्रतिनिधिसभा नियमावलीकोको परिच्छेद ९ मा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुन सक्ने सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखले प्रतिनिधिसभाको प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर कार्यक्रमका लागि निर्धारण गर्न सक्ने उल्लेख छ ।

नेकपा एमालेकै नेतृत्वमा साढे ३ बर्ष सरकार हुँदा जम्माजम्मी एक पटक प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर कार्यक्रम संचालन भएको थियो ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा २०७५ माघ ४ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलेको थियो । त्यसदिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा १० सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न गरेका थिए । त्यसपछि दोहोर्याएर सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउन पाएका छैनन् ।

प्रतिक्रिया सबै