५ बैशाख २०८१, बुधबार Wednesday 17 April, 2024

फोनिजले तीन पूर्वअध्यक्षलाई अभिनन्दन गर्ने

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले तीन जना पूर्वअध्यक्षहरुलाई अभिनन्दन गर्ने भएको छ ।

फोनिजको संगाठानिक जीवनमा अतुलनिय योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष र दुई पूर्वअध्यक्षलाई अभिनन्दन गर्न लागेको हो ।

फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पुर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई २३औँ स्थापना दिवसको आवसरमा अभिनन्दन गर्ने निर्णय गरेको महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित विषेश समहारोमार्फत उनीहरुलाई अभिनन्दन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया सबै