काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिन चलखेल भयो : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिन चलखेल भएको बताएका छन् । काठमाडौंको फोहोर लिएर गएको गाडीमाथि भएको तोडफोडलाई लिएर कडा प्रतिक्रिया जनाउँदै मेयर बालेनले फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिने चलखेलस्वरुप गाडीमा तोडफोड भएको बताएका हुन् ।
तोडफोड गरिएको टिपर तथा डोजरको फोटोसहित सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनले आफ्नो आक्रोश व्यक्त गरेका छन् । वर्षौंदेखिको फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ-नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको उनको भनाई छ ।
उनले लेखेका छन्- ‘हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।’
बालेनले फोहोर व्यवस्थापनप्रति आफू सुरुवातदेखि नै संवेदनशील र क्रियाशील भएको र आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरेका छन् ।
कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध भएको भन्दै कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट भएको उनले बताएका छन् । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्ने भन्दै उनले त्यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको पनि जनाएका छन् ।
यस्तो छ बालेनको स्टाटस :