१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

देउवासँग बाबुरामले भने- हामीलाई पनि गठबन्धनमा रहने वातावरण बनाउनुस्

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरुलाई पनि सत्ता गठबन्धनमा रहने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादवलाई साथमा लिएर देउवा भेट्न बालुवाटारमा आज गएका अध्यक्ष भट्टराईले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आफूले यसबारे गठबन्धनमा छलफल गरेर मिलाउने बताएका थिए ।

‘उहाँले गठबन्धनमा छलफल गरेर गर्छौं भन्नु भएको छ । सकरात्मक कुरा भएको छ’, भट्टराईको भनाइ उद्धत गर्दै यादवले ।

प्रतिक्रिया सबै