८ आश्विन २०८०, सोमबार Monday 25 September, 2023

भक्तपुरको मनोहरा खोला क्षेत्रका सुकुम्वासी बस्ती डुबानमा

 बुधबार, साउन २५ २०७९  

काठमाडौँ। काठमाडौँ उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।

मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकमबासी बस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।

काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया सबै