४ बैशाख २०८१, मंगलवार Tuesday 16 April, 2024

सुनको भाउ २ सय रुपैयाँले बढ्यो

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउमा भने गिरावट देखिएको छ । चाँदीको भाउ मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो ।

चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया सबै