zoom desktop version download zoom for meetings app downllad zoom app windows na zoom meeting join zoom meeting zoominfo engage logo zoom install for windows 10 home pc requirements for zoom - pc requirements for zoom zoom lil uzi vert download
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

जनतामाझ गएर पार्टीलाई सुधार गरौँ : महरा

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जनतालाई सधैँ प्राथमिकता दिएर अगाडि बढ्न र जनताको बीचमा गएर पार्टीलाई सुधार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

लुम्बिनी प्रदेश कमिटीको बैठकमा नेता महराले समाजवादी केन्द्रको नेतृत्व र विचार माओवादी नै भएकाले आगामी चुनावमा जनमत सुधारका लागि लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

बैठकमा महराले भने- ‘यदि हामी पार्टी बनाउन चाहन्छौं भने जनतामाझ जाऔँ, जनतालाई सधैँ प्राथमिकता दिएर अगाडि बढौँ, जनताको बीचमा गएर पार्टीलाई सुधार गरौँ ।’

जनतलाई सरकार कसको भन्ने विषय नभई कुन पार्टीले के कार्यक्रम ल्यायो भन्ने अर्थ महत्वपूर्ण हुने बताए । अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि स्थायी समितिको बैठक बसेर छिट्टै पदाधीकारीको टुंगो लगाउने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया सबै